Condoms trump abstinence in Obama global AIDS policy     Injecting drugs threaten India's AIDS fight : U.N.    7000 people dying with HIV everyday.   6000 news HIV reported cases everyday   Herbal hopes for HIV cure        380,000 children die of AIDS every year.        Together we can work towards an AIDS-free world.         Aids Making Children Vulnerable in Nepal       Stop AIDS keep the promise        End HIV and AIDS related stigma and discrimination at all levels        Fair, transparent and quality AID       No Excuse 2015 Millennium Campaign       2.5 million People living with HIV in India    

  ››   Actions & Campaigns     
     


पत्रकार सम्मेलन

१८ मई २००८
Global AIDS Week of Action-2008 का अवसरमा एच आई भि र एड्स बिरुद्ध सरकारको पं्रतिबद्धताको बारेमा समिक्षा तथा छलफल गर्नका लागि नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा पत्रकारहरुको बैठक गरियो। यस बैठकमा पत्रकारहरुले HIV&AIDS को रोकथामको बिबिध पक्षको बारेमा मन्तब्य दिनुको साथै HIV&AIDS को रोकथामका सरकारले तपसिल अनुसारका बुन्दालाई राज्यसंग पुरा गराउनको लागि संचार माध्यमबाट आवाज उठाउने
प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।AYC / DYC को संयुक्त आयोजनामा संचालन भएको यो समीक्षा र छलफल कार्यक्रमको अतिथि रा.स.स.का नारायणी अञ्चल प्रतिनिधि शितल महतो हुनुहुन्थ्यो भन्ने बैठकाको अध्यक्षता नेपाल पत्रकार माहासंघको पर्साको सभापति शत्रुधन नेपालले गर्नु भएको थियो।
नेपालमा विद्यमान समाजको बनावट, राज्यको संरचना र मूल्य मान्यताहरु नै सारमा एचआइभी संक्रमणको मुख्य कारक रहेका छन्। यो बस्तुगत यथार्थका आधारमा यसविरुद्ध नीतिगत प्रतिबद्धता र कार्यान्वयन गर्न नसकिएका कारण यसले सामाजिक, आर्थिक तथा सांस्कृतिकरुपमा गम्भिर असर पारिरहेको छ। पछिल्लो तथ्यांकहरुलाई हेर्दा एचआइभी संक्रमितहरुको सबैभन्दा ठूलो संख्या प्रवासी कामदारहरुको रहेको छ भने दोश्रो ठूलो संख्या कम जोखिममा रहेका भनिएका ग्रामिण घरेलु महिलाहरुको छ। महिलाविरुद्ध हुने हिंसा, महिलाको आफ्नै शरीरमाथि पनि उसको अधिकार नहुँदा, सम्पत्तिमाथि पहुँच नभएकोले र जीविकोपार्जनका आधारको अभावमा उनीहरु श्रीमानबाट या शरीर बेच्न बाध्य भएर संक्रमित भएका छन्। यहि अवस्था अन्य समुदायको रहेको छ।
स्वास्थ्यसेवामाथि नागरिकको पहु147च, लैङि्गक, जातीय, भाषिक, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गको उत्पादनका साधन तथा राज्यका श्रोतमाथि पहुँच भएन भने उनीहरुलाई यसबाट जोगाउन सकिँदैन। अर्कोतर्फ एचआइभीलाई बजार र नाफाको विषय देखिरहेका धनी देशहरुले व्यक्त गर्ने प्रतिबद्धताका लागि दबाब तथा स्वास्थ्यको नीजिकरणका लागि उनीहरुले दिने दबाबविरुद्ध साझा आन्दोलनको उठान गर्न सकिएन भने यसले राष्ट्रिय अर्थतन्त्र नै चौपट हुने अवस्थ्ाा सिर्जना भएको छ।
त्यसो त सन् २००३ मा विश्व स्वास्थ्य संगठन र यूएनएड्सले सन् २००५ सम्ममा मध्यम तथा न्यून आय भएका मुलुकहरुमा बसोबास गर्ने ३० लाख व्यक्तिहरुसम्म एण्टिरेट्रो भाइरल उपचार पुर्‍याउने योजना नराखेका होइनन्। सन् २००५ मा ग्लेनेगल्समा भएको जी ८ मुलुकहरुको शिखर सम्मेलनमा धनी राष्ट्रहरुले सन् २०१० सम्म उपचारमा सार्वभौम पहुँचको ल73य हासिल गर्नका लागि उनीहरुले आफ्नो कूल राष्ट्रिय आयको ०.७ प्रतिशत सहयोग गरीब देशहरुलाई प्रदान गर्ने घोषणा गरेका थिए।
तर यथार्थमा विभिन्न अवसरहरुमा व्यक्त गरिएका यस्ता प्रतिबद्धताहरुका बावजुद पनि खाद्यान्न, औषधी र स्याहार सुसारको अभावमा मानिसहरु एड्स सम्बन्धित रोगहरुका कारण मृत्युका मुखमा पुगिरहेका छन्। मृत्युसंग नै संघर्ष गरेर बाँचीरहेकाहरु पनि हेला, दुर्व्यवहार र अमानवीय व्यवहरको शिकार हुनु परिरहेको छ। गरीब परिवारहरुमा बढ्दै गएको एचआइभी जोखिमका कारण परिवारहरु अहिले नै गम्भिर आर्थिक संकटमा परिरहेका छन्। यसको सबैभन्दा बढी असर महिला तथा बालबालिकहरुमाथि परिरहेको छ। सार्वजनिक स्वास्थ्य कमजोर हुँदा उपचार, खाद्यान्न र स्याहारको अभावमा जनताहरु मर्न बाध्य छन्। स्वास्थ्य क्षेत्रको निजीकरणले स्वास्थ्य सेवामाथिको पहुँच झन् जटिल विषय बन्न पुगेको छ।

एचआइभीसित जोडिएका यी यावत विषयमा सरकारलाई जनताप्रति उत्तरदायी बनाउन तथा दाताहरुलाई शर्तरहितको सहयोग र वाचालाई पुरा गर्न दबाब दिन विश्वव्यापीरुपमा ग्लोबल एड्स विक अफ एक्सनको आयोजना गरिएको हो। एचआइभी र एड्स विरुद्धको साझा संघर्षमा आफ्नो ऐक्यवद्धता प्रदर्शन गर्न र यस अभियानमा सहभागी हुन हामी सबै संघसंस्था, समुदाय, तथा व्यक्तिहरुलाई अपील गर्दै राज्य र दातृ निकायसमक्ष निम्न सरोकारका विषयहरु सार्वजनिक
लोकतान्त्रिक प्रक्रियामा जनताको स्वास्थ्य, शिक्षा तथा रोजगारीमाथि निर्बाध पहुचको संवैधानिक ग्यारेन्टी गरियोस्।

  • संक्रमित तथा प्रभावितहरुको अर्थपूर्ण सहभागिता रहने गरी सबै क्षेत्रमा सबल र युवा नेतृत्व
  • महिलामाथि हुने हिंसा एचआइभीको एउटा प्रमुख कारक भएको तथ्यलाई स्वीकार गर्दै महिला अधिकारको प्रत्याभूति हुने व्यवस्था तत्काल गरियो
  • एचआइभी संक्रमित, महिला, टुहुरा बालबालिका, लैङि्गक अल्पसंख्यक तथा अन्य समुदायको मानव अधिकारको प्रत्याभूति गर्दै सम्मानजनक जीवनयापनका लागि हेला, दुर्व्यवहार र सबैखाले हिंसाविरुद्ध कानुनी संरक्षण तथा सामाजिक तथा आर्थिक सुरक्षाको व्यवस्था गरियोस्।
  • विश्वव्यापार संगठन र अन्य अर्न्तराष्ट्रिय सन्धी, सहयोग तथा सम्झौतामा राज्यबाट जनपक्षिय नीति अबलम्बन गरियोस्
  • एचआइभीको रोकथामका लागि साधनको साटो साध्यमुखी अवधारणा अगाडि सारियोस्। शैक्षिक प्रणालीलाई सुधार गरियोस्,।
  • एचआइभीको रोकथाम, नियन्त्रण तथा उपचार र स्याहारसुसारका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा व्यक्त गरिएको वाचा तथा प्रतिबद्धताहरु तत्काल पुरा गरियोस्।
  • एचआइभीको रोकथाम, नियन्त्रण तथा उपचार र स्याहारसुसारका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा व्यक्त गरिएको वाचा तथा प्रतिबद्धताहरु तत्काल पुरा गरियोस्।
  • विभिन्न श्रोतबाट प्राप्त सहयोगलाई पारदर्शी र सोझै लक्षित समुदायसम्म पुग्ने किसिमको व्यवस्था गरियोस्। सबैपक्षको सहभागिता रहने गरी राष्ट्रिय स्वास्थ्य संयन्त्रको विकास गरियोस्। कार्यक्रम, सहयोग, विनियोजन र खर्च प्रक्रियालाई दातामुखी नबनाई लोकतान्त्रिक तवरमा आत्मनिर्भरमुखी ढङ्गले अगाडि बढाइयोस्।
  • जी आठ देशहरुले व्यक्त गरेको नेपाल जस्ता गरीब मुलुकहरुलाई एचआइभीविरुद्ध लड्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता पुरा गरियोस्।
  • स्वास्थ्यसेवाको नीजिकरण तथा शर्त सहितको सहयोग बन्द गरियोस्। एचआइभीलाई नाफाको विषय बनाउन बन्द गरियोस्, मान्छेको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरियोस्।
Previous Next





    Site Map | Terms & Conditions | Copyright | Contact Us
    © 2007 Asian People’s Alliance for Combating HIV&AIDS, All Rights Reserved. Legal.