२५ औ अर्न्तराष्ट्रिय मैनबति दिवस (२००८)
|
१८ मई२००८
Global AIDS Week of Action-2008 का अवसरमा एच आई भी र एड्स न्यूनिकरणको लागि बिरगंज उपमहानगरपालिकाको बसपार्क भित्र बस र ट्रकका डाईभरहरु लक्षित गरि एच आई भी र एड्स सम्बन्धि सडक नाटक प्रस्तुत गरियो। त्यस कार्यक्रम करिब २५०
जनाको सहभागीता रहेको थियो। कार्यक्रममा
अनगयांस २००१ मा नेपाल सरकारले गरेका ११ बूदे प्रतिबद्धता तथा राज्यले एच आई
|
|
भी न्यूनिकरणको लागि सबै क्षेत्रमा ध्यान दिन जरुरी रहेको कुरा अवगत गराईएको थियो। सो कार्यक्रम दिब्य युवा क्लब र अरुणोदय युवा क्लब र निल हिरा समाज को संयूक्त आयोजनामा संचालन भएको थियो।
एच आई भी र एड्स सवाल प्रति सरोकारवला,राजनैतिक पार्टी तथा नागरिक समाजको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम
२० मई२००८
|
Global AIDS Week of Action 2008
का तेस्रो दिन पर्सा जिल्लाका राजनैतिक पार्टीका प्रतिनिधी ,पर्सा जिल्ला क्षेत्र न.४का सभाषद श्री प्रधुमन प्रसाद चौहान तथा सोही क्षेत्रका समानुपातिक सभाषद श्री रामेशवर प्रसाद रौनियार, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी र नागरिक समाजका अगुवा कार्यकर्ताहरु बिच आज एचआई भी र
|
|
|
एड्स सवाल प्रतिसरोकारवला राजनैतिक पार्टी तथा नागरिक समाजको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सबै पर्टी प्रतिनिधी तथा सभाषद ज्यूहरु लगायत सरकारी कार्यालयका प्रमुखहरुले तपसिलका बुन्दाहरु सरकार संग पुरगराउने र हाल बन्न गईरहेको
नेपालको संबिधानमा उल्लेख गराउने प्रतिबद्धता जाहेर गर्नु भयो। सो कार्यक्रममा ४५ जना प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
|
- लोकतान्त्रिक प्रक्रियामा जनताको स्वास्थ्य, शिक्षा तथा रोजगारीमाथि निर्बाध पहुँचको संवैधानिक ग्यारेन्टी गरियोस्।
- संक्रमित तथा प्रभावितहरुको अर्थपूर्ण सहभागिता रहने गरी सबै क्षेत्रमा सबल र युवा नेतृत्व विकासका लागि तत्काल विशेष पहल गरियोस्।
-
महिलामाथि हुने हिंसा एचआइभीको एउटा प्रमुख कारक भएको तथ्यलाई स्वीकार गर्दै महिला अधिकारको प्रत्याभूति हुने व्यवस्था तत्काल गरियोस्।
- एचआइभी स्रंक्रमितहरुको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्दै उपचारमाथि पहुँचका साथै खाद्यसुरक्षाका लागि विशेष व्यवस्था गरियोस्।
-
विश्वव्यापार संगठन र अन्य अर्न्तराष्ट्रिय सन्धी, सहयोग तथा सम्झौतामा राज्यबाट जनपक्षिय नीति अबलम्बन गरियोस्
एचआइभी संक्रमित, महिला, टुहुरा बालबालिका, लैङि्गक अल्पसंख्यक तथा अन्य समुदायको मानव अधिकारको प्रत्याभूति गर्दै सम्मानजनक जीवनयापनका लागि हेला, दुर्व्यवहार र सबैखाले हिंसाविरुद्ध कानुनी संरक्षण तथा सामाजिक तथा आर्थिक सुरक्षाको व्यवस्था गरियोस्।
-
एचआइभी संक्रमित, महिला, टुहुरा बालबालिका, लैङि्गक अल्पसंख्यक तथा अन्य समुदायको मानव अधिकारको प्रत्याभूति गर्दै सम्मानजनक जीवनयापनका लागि हेला, दुर्व्यवहार र सबैखाले हिंसाविरुद्ध कानुनी संरक्षण तथा सामाजिक तथा आर्थिक सुरक्षाको व्यवस्था गरियोस्।
- एचआइभीको रोकथामका लागि साधनको साटो साध्यमुखी अवधारणा अगाडि सारियोस्। शैक्षिक प्रणालीलाई सुधार गरियोस्,।
-
विभिन्न श्रोतबाट प्राप्त सहयोगलाई पारदर्शी र सोझै लक्षित समुदायसम्म पुग्ने किसिमको व्यवस्था गरियोस्। सबैपक्षको सहभागिता रहने गरी राष्ट्रिय स्वास्थ्य संयन्त्रको विकास गरियोस्। कार्यक्रम, सहयोग, विनियोजन र खर्च प्रक्रियालाई दातामुखी नबनाई लोकतान्त्रिक तवरमा आत्मनिर्भरमुखी ढङ
- गले अगाडि बढाइयोस्।
जी आठ देशहरुले व्यक्त गरेको नेपाल जस्ता गरीब मुलुकहरुलाई एचआइभीविरुद्ध लड्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता पुरा गरियोस्।
-
स्वास्थ्यसेवाको नीजिकरण तथा शर्त सहितको सहयोग बन्द गरियोस्। एचआइभीलाई नाफाको विषय बनाउन बन्द गरियोस्, मान्छेको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरियोस्।
स्टार सर्कलका सहभागिहरु प्रस्तुत गरिएको सडक नाटक
२१ मई २००८
Global Aids Weel of Action का चौथो दिनमा गाविस बिरंचीबर्वा ७ मा संचालन हुदै आई रहेको स्टार सर्कलका सहभागिहरुले गाविसको बिच पर्ने ठाँउमा एच आई भी र एड्स न्यूनिकरणको लागि जनचेतना मुलक सडक नाटक प्रस्तुत गरियो र सो सडक नाटक किशोर र किशोरीहरु र रोजगारको लागि बाहिर जाने ब्यक्तिहरुलाई मध्ेथ नजर गरि प्रस्तूत गरिएका थियो। यस कार्यक्रममा ४०० जना ब्यक्तिको सहभागिता थियो।
रेडियो एफ एम कर्यक्रम(Radio FM Program)
२२ मई २००८
नेशनल मेडिकल कलेज एंड शिक्षण अस्पताल ,वीरगजको स्पौनसरमा नारायणी एफ एम बाट प्रत्येक बिहिबार साझ ६.३० बजे देखी ७.०० बजे सम्म संचालन हुने स्वास्थ्य कार्यक्रम मै २२ मईको दिन Global Aids Weel of Action का बारेमा जनस्वास्थय कार्यालयका एच आई भी जिम्मेवार श्री प्रेमचन्द्र प्रसाद जयसवाल , आशा मिलन समहका सदस्य सानूमाया लामा , दिब्य यूवा क्लब , पर्साका एच आई भी र एड्स कार्यक्रम संयोजक श्री रामाकान्त पटेल , अरुणोदय य'वा क्लबका एच आई भी र एड्स कार्यक्रम संयोजक श्री ललन तिवारी समेत राज्य पक्षलाई जवाफदेहिता बनाउन दबाव दिने सूचना प्रभाह गरियो र अगामी दिनमा एच आई भी र एड्स सवालको लागि कानूनको ब्यवस्था हुनु पर्ने माँग आशा मिलन समुहका